आजबाट सिंहदरबारमा ग्यास सिलिण्डर रोक
काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा सिंहदरबार परिसरमा आगामी साउन महिनाभित्र ग्यास सिलिण्डरको विस्थापन हुनुपर्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्ने जनाएको थियो ।
सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको थियो । ग्यास सिलिण्डरको प्रयोगमा रोक लगाइने भएसँगै विद्युतीय चुलो प्रयोग गरिने भएको छ ।
सिंहदरबारमा साउनभित्रै ग्यास सिलिण्डर हटेर विद्युतीय चुलो बल्ने
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया