पोखरा पुगेर ओलीले गरे सत्ता गठबन्धन नटुट्ने घोषणा
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन नटुट्ने घोषणा गरेका छन् । पोखरा पुगेका उनले सत्ता गठबन्धन टुट्दा माओवादी र नेकपा एस धुलोपिठो हुने भन्दै उनीहरूले गठबन्धन टुट्न नदिने बताएका हुन् ।
‘यो सत्ता गठबन्धन टुट्दैन, टुट्नु पनि हुँदैन’ ओलीले व्यंग्य गर्दै भने, ‘गठबन्धन टुटिहालमो बिचराहरू धुलोपिठो हुनेछन् ।’
तर उनले आफूले पनि सत्ता गठबन्धन टुटाउन कांग्रेससँग नियमित गरेको छलफलबारे व्याख्या गरेनन् । बिहीबार एकैदिन ओलीले दुईपटक प्रधामन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । शुक्रबार निर्णायक छलफल गर्ने भनिए पनि ओली पोखरा हिडे । विकल्पमा माओवादी र नेकपा एसले मध्यमार्गी प्रस्ताव ल्याएर भए पनि सत्ता गठबन्धन जोगाउने प्रयत्न गरिहेका बेला ओलीको यस्तो भनाई आएको हो ।
ओलीले एमसिसी ल्याउन निवेदन दिने झलनाथ खनाललाई ताली र आफूमाथि भने ढुंगा प्रहार गरिएको भन्दै ओलीले आश्चर्य व्यक्त गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया