गठबन्धन कार्यदलको दाबी : सिट बाँडफाँडमा कुरा मिल्न लाग्यो
काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तालमेलको प्रारुप बनाउन बसेको सत्तारुढ गठबन्धनको कार्यदल निष्कर्षनजिक पुगेको छ ।
बुधबारको बैठकपछि आफूहरू निष्कर्षनजिक पुगेको कार्यदलका सदस्यसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘बैठक सकारात्मक दिशामा अघि बढिरहेको छ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरूलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएको छ ।
सिट बाँडफाँडबारे भएको प्रगतिबारे भने कांग्रेस नेतासमेत रहेका कार्कीले सुनाउन चाहेनन् । यद्यपि, उनले सबैलाई सन्तुष्ट पार्नेगरी सिट बाँडफाँड भइरहेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया