बञ्चरेडाँडाको अवरोध हटाउन ३ बुँदे सहमति
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार सहमति भएको छ ।
काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहर फाल्न अवरोध अन्त्य गर्ने ३ बुँदे सहमति भएको हो ।
गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमतिपछि फोहरको अवरोध अन्त्य भएको काठमाडौंका प्रजिअ गोविन्द रिजालले जानकारी दिए ।
फोहर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहर खसाल्न नपाइनेलगायत विषयमा सहमति भएको छ ।
अब बिहीबारदेखि निर्वाध रुपमा फोहर व्यवस्थापनको बाटो खुलेको आशा व्यक्त गरिएको प्रजिअ रिजालले बताए ।
प्रचण्डलाई बालेनको प्रश्न : ककनीको बाटो यस्तो बनाउने ठेकेदारको घरमा कुन नैतिकताले बस्नुहुन्छ ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया