१ दिनको लागि सिडीएसको सम्पूर्ण सेवा बन्द
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ (सिडीएससी) ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट आज साँझदेखि बन्द हुने भएको छ । सिडीएससीले एक सूचना जारी गरेर बिहीबार साँझ साढे ५ बजेदेखि एक दिनका लागि सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको हो ।
सूचनामा जनाइएअनुसार सिडीएससीले सञ्चालक गरेका मेरो शेयर, सि-आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु एक दिनका लागि बन्द हुने भएका छन् ।
सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकाले सेवा बन्द गर्न लागिएको सिडीएससीले सूचनामा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया