नेपाल टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । बिहीबारदेखि लागू भएको सो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।
इन्डिया भ्वाइस प्याक दैनिक सुविधाअन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रूपैयाँमामा उपलब्ध छ । त्यसैगरी साप्ताहिकअन्तर्गत ७५ मिनेट र मासिकमा दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक क्रमशः दुई सय ५९ रूपैयाँमा र सातसय ५९ मा उपलब्ध छन् ।
एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ । प्याकेज गरिद गर्न ‘स्टार १४१५ ह्यास’ डायल गरी सात नम्बर छनोटपश्चात खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया