कांग्रेस नेता प्रदीप गिरिको अवस्था गम्भीर, आइसियुमा उपचार हुँदै
काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको अवस्था थप गम्भीर बनेको छ । यस अघि देखि नै घाँटीको क्यान्सरले समस्यामा रहेका गिरिलाई निमोनिया देखिएपछि ललितपुरकाे मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
भारतमा उपचार गराएर आएपछि साउनको पहिलो सातादेखि उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो । निमोनिया फैलन नदिन भन्दै अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्यमा सुधार नआएको हो ।
‘उहाँको अवस्था क्रिटिकल नै छ । निमाेनियाकाे अवस्था उस्तै छ । केही समय अघि स्वस्थ्यमा अलिकति सुधार आएको थियो । तर अहिले स्टेबल नै छ ।’ शुक्रबार मात्रै अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बुझेका कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘घाँटीको क्यान्सर पुरानै समस्या हो । यो फैलिएको छ । निमोनिया पनि बढ्यो । यसैले सुधार नै भन्न सकिन्नँ । त्यसैले चिकित्सकले अवस्था स्टेबल नै भन्नुभएको छ ।’
गिरिको भारतको दिल्ली र बम्बइ शहरमा क्यान्सरको उपचार भएको थियो । उनलाई निमोनियासँगको संक्रमण पनि देखिएको थियो । रोगसंग प्रतिरोधगर्ने शक्ति घट्न नदिन उनलाई फर्किएलगत्तै मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । तर एक महिना उपचार गर्दा पनि उनकाे स्वास्थ्यमा अपेक्षित सुधार नअाएकाे हाे ।
शुक्रबार उनको स्वास्थ्यलाई लिएर धेरै कांग्रेस नेता र शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया