नरैनापुर गाउँपालिका सुक्खा क्षेत्र घोषणा

बाँके । धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । १५ प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले जाकारी दिए ।
‘किसानको मर्म प्रकृतिले पनि बुझेन, नरैनापुरका खेतमा रोपाइँ हुन सकेन्, नेपालगन्जमा परेको पानी नरैनापुरमा पर्दैन’ उनले भने, ‘मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो, सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन ।’ नरैनापुरमा पानीको संकट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।
‘सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराइ विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौँ’ उनले भने , ‘ संघ र प्रदेशमा पनि सहयोगका लागि पहल गरिरहेका छौँ ।’
ताजा अपडेट
-
वर्ल्डलिंक सङ्ग्रहालयको उद्घाटन
-
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
-
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
-
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
प्रतिक्रिया