हत्याको आरोपमा ३ जना पक्राउ
काठमाडौं । प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ । बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ स्थित महाकांल बस्ने २६ वर्षीय मनोज राईको हत्याकाे आरोपमा तीनजनालाई गएराति पक्राउ गरेको हो ।
पक्राउपर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको बताएका छन् ।
शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले उनीहरुलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया