भोलिको संसद बैठकमा एमसिसी अघि बढ्ने, यस्तो छ कार्यसूची
काठमाडौं । संसदमा टेबल भएदेखि नै पेचिलो बन्दै आएको एमसिसीका विषयमा आइतबारको संसद् बैठकमा छलफल हुने भएको छ । संसद सचिवालयले कार्यसूचीको दोस्रो बुँदामा आइतबारबाट छलफल हुने जानकारी सूचनामार्फत गराएको छ ।
तर यस अघि एमसिसी पास हुने ग्यारेन्टी नभएपछि लगातार दुई दिन सरकारको आग्रहमा संसद् बैठक स्थगित हुँदै आएको थियो । आइतबारका लागि पनि एमसिसीको कार्यसूची राखिएपछि सहमति नभए फेरि पनि संसद् बैठक स्थगित हुन सक्ने देखिएको छ ।
यसबीचमा सत्तारुढ दलबीच खटपट आएपछि एमसिसी पास गराउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई विश्वासमा लिन खोजेका थिए ।
तर सत्ता गठबन्धन भत्किए झन् संकट आउने भन्दै वर्तमान सत्ता गठबन्धनबाटै एमसिसी पास गर्ने विषयमा नेताहरुले सहमति नजिक पुग्न लागेको दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले एमसिसीमा सहयोग गर्ने हो भने लिखित सहमति गर्न माओवादीलाई आग्रह गरेका छन् । नभए एमालेको सहयोग लिएर भएपनि एमसिसी पास गर्नेमा देउवाले प्रष्ट मत राख्दै आएका छन् ।
देउवाले आज पनि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछन् ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया