मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी स्पष्ट पारेका छन् । राउतलाई राजीनामा दिन पार्टीले निर्देशन दिएको खबर प्रकाशमा आएलगत्तै यादवले यसबारे प्रष्ट पारेका हुन् ।
उनले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । ”
आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले अगाडि थपे, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन ।”
सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन ।
यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको बताएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताएका हुन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया