कान्ति बाल अस्पतालमा हिमालयन बैंकले सञ्चालन गर्यो नगद संकलन काउन्टर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेका हुन् ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया