फिनिस प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि
काठमाडाैं । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानुनी रूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो ।
प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहेरनरहेको निर्क्यौल गर्न परीक्षण गरिएको थियो । आफूले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले शुक्रबार आफ्नो निवासमा कारहरूलाई बताएकी थिइन् । आफूले जीवनमा कहिल्यै पनि लागूऔषध सेवन नगरेको पनि स्पष्ट गरेकी छन् ।
चौतीस वर्षको उमेरमा प्रधानमन्त्री बनेकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेर र आमोदप्रमोदलगायत गतिविधि गरेकामा यसअघि पनि आलोचना गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया