तस्करले हानेको ढुंगाले लागेर तीन प्रहरी घाइते, तीनै राउण्ड हवाई फायर
काठमाडौं । षचमा तस्करहरूसँगको झडपमा तीनजना प्रहरी घाइते भएका छन् ।
तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको थियो । सो क्रममा तस्करहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा लागेर तीन प्रहरी घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको थियो ।
जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
घटनास्थलमा थप प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया