कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनकाविरूद्ध परेका रिटबारे फैसला गरेको छ । यसबारे परेका अधिकांश रिटहरू खारेज गर्दै सर्वोच्चले मंगलबार फैसला गरेको हो । फैसला आएसँगै अब सरकारले सोहीअनुरूप कर्मचारी समायोजन गर्नु पर्नेछ ।
समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले पनि संघमै आउन पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । यसबारे दायर भएका अधिकांश रिट अदालतले खारेज गरेको हो ।
अदालतको फैसलासँगै अब आयोगले परीक्षा लिन र नयाँ कर्मचारी भर्ना गर्न पाउने बाटो पनि खुलेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान इजलासमा रहेका थिए ।
समायोजनविरूद्ध विभिन्न कर्मचारीहरूले ९८ वटा रिट निवेदन दायर गरेका थिए । जसमध्ये अधिकांश खारेज भएको छ भने केहीको फैसला भएको हो । फैसलाको लिखित कपी आउन बाँकी छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया