कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनकाविरूद्ध परेका रिटबारे फैसला गरेको छ । यसबारे परेका अधिकांश रिटहरू खारेज गर्दै सर्वोच्चले मंगलबार फैसला गरेको हो । फैसला आएसँगै अब सरकारले सोहीअनुरूप कर्मचारी समायोजन गर्नु पर्नेछ ।
समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले पनि संघमै आउन पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । यसबारे दायर भएका अधिकांश रिट अदालतले खारेज गरेको हो ।
अदालतको फैसलासँगै अब आयोगले परीक्षा लिन र नयाँ कर्मचारी भर्ना गर्न पाउने बाटो पनि खुलेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान इजलासमा रहेका थिए ।
समायोजनविरूद्ध विभिन्न कर्मचारीहरूले ९८ वटा रिट निवेदन दायर गरेका थिए । जसमध्ये अधिकांश खारेज भएको छ भने केहीको फैसला भएको हो । फैसलाको लिखित कपी आउन बाँकी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया