भारतीय राजदूतले भेटे बाबुराम
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग भेटघाट गरेका छन् ।
नवनियुक्त राजदूत श्रीवास्तवले मंगलबार टोखास्थित भट्टराई निवासमा पुगेर भेट गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भट्टराईले नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।
‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवद्वारा शिष्टाचार भेट ! नेपाल र भारत बीचका आपसी हितका विषयमा विचारविमर्श !’, उनले फेसबुकमा लेखेका छन् ।
जनता समाजवादी पार्टीबाट अलग भएर नेसपा गठन गर्दै नेकपा (माओवादी केन्द्र)सँग एउटै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेका भट्टराईलाई भारतीय राजदूतले निवासमै गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया