कर्मचारी बढुवा बदर प्रकरण : लोक सेवाको निर्णयमा अदालतको अंकुश
काठमाडौं । स्थानीय तहले आफूखुसी कानून बनाएर गरेको कर्मचारी बढुवाको निर्णय खारेज गर्ने लोक सेवाको कदमलाई अदालतले अंकुश लगाएको छ ।
दमक नगरपालिकाले एक वर्षअघि आफूखुसी कानून बनाएर विभिन्न समयमा ३१ कर्मचारीको बढुवा गरेको थियो । त्यसमध्ये गत साउनमा प्रदेश लोक सेवा आयोगले २३ कर्मचारीको बढुवा बदर गर्यो । बढुवा बदर भएपछि कर्मचारीले २९ साउनमा उच्च अदालत, विराटनगर, इलाम इजलासमा रिट हालेका थिए । ३० साउनमा उच्च अदालत विराटनगर, इलाम इजलासले तत्कालका लागि बढुवा भएकै पदमा काम गर्न र सुविधाबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
साथै १५ दिनभित्र सबै कागजात लिएर छलफलमा आउन वादी र प्रतिवादीका नाममा अन्तरिम आदेश पनि दिएको छ ।
उता धनकुटा अदालतले भने यस्तै प्रकृतिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
धनकुटा नगरपालिकाका कर्मचारीले बढुवा बदरविरुद्ध उच्च अदालत विराटनगर, धनकुटा इजलासमा रिट दायर गरेकोमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया