खप्तड जिपलाइन र ओम फाइबर ग्लासबीच सम्झौता
बझाङ । बझाङको खप्तडछान्नामा बन्ने भनिएको जिपलाइन सम्झौतामा आएको छ । सोमबार खप्तड जिपलाइन कम्पनी र ओम फाइबर ग्लास कम्पनीबीच सम्झौता भएको हो।
खप्तड जिपलाइनका संचालकअरुण कुमार रोकाया र ओम फाइबर ग्लास कम्पनीका संचालक विश्वराज गिरीले बझाङको खप्तडछान्नामा जिपलाइन सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बझाङको पर्यटनमा नयाँ आयाम थप्न एउटा नौलो साहसिक पर्यटनको सुरुवात गर्न लागेको खप्तड जिपलाइनका संचालक रोकायाले बताएका छन्। पर्यटनको विकासले सम्पूर्ण गाउँपालिकामा आर्थिक चलायमान हुने उनले विश्वास व्यक्त गरेका छन् ।
उक्त जीपलाइन घटस्थापनाको दिन शिल्यान्यास भई मंसिर मसान्तसम्म पूरा भएर सञ्चालनमा आउने रोकायाले जानकारी दिएका छन् । उनका अनुसार सो जीपलाइनको लागत ८० लाखको रहने छ।

खप्तडमा बन्ने उक्त जिपलाइनका लागि आफूबाट हुने सक्दो सहयोग गर्ने फाइबर ग्लास कम्पनीका संचालक गिरीले बताए । जिपलाइनमा केन्द्र र प्रदेशबाट पनि केही सहयोग आउने खप्तड जिप लाइनका सञ्चालक रोकायाले जानकारी गराए ।
उनका अनुसार जिपलाइन ५ सय मिटर लामो बन्ने छ भने नजिकै खोलानाला र हरियाली वनजंगलको भाग पर्ने हुँदा यो अझ बढी रोमाञ्चित र साहासिक बन्ने विश्वास छ । जसले पर्यटकसमेत अत्यधिक मात्रामा आउने सम्भवना बढ्दो छ । सो प्रोजेक्टको लागि सहयोगी मनले सहयोग गरिदिन पनि रोकायाले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया