सिके राउतकी योग शिक्षिका सोभिताले भेटिन् पर्यटनमन्त्री
काठमाडौं । योग शिक्षिका सोभिता सिम्खडाले संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई भेटेकी छिन् । उनले निवासमै गएर बुधबार भेटेकी हुन् ।
रानीवनस्थित आशो तपोवनकी योग शिक्षिका रहेकी सिम्खडाले मन्त्री श्रेष्ठसँग योग, ध्यान, संस्कृतिका बिषयमा महत्वपूर्ण कुराकानी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

मन्त्री श्रेष्ठलाई आफूले अध्यात्म र संस्कृतिप्रेमी रहेको पाएको बताउँदै उनले लेखेकी छिन्, ‘मन्त्रीज्यूको कुराले उत्साहित बनाएको छ ।’
सिम्खडाले गत महिनामात्रै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई नौ दिनसम्म तपोवनमै राखेर योग शिक्षा दिएकी थिइन् ।
उनी कुनैबेलाकी नेपाली चलचित्रकी नायिका हुन् । तर, अहिले चलचित्र क्षेत्र छोडेर ओशोमार्गमा लागेकी छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया