NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

हर्क साम्पाङको प्रश्न : काठमाडौंको फोहर उठाइसके ?

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति झण्डै दुई सातायता निरन्तर कटाक्ष गरिरहेका छन् ।

मेयर शाहले काठमाडौंको फोहर व्यवस्थापन गर्न नसकेको उनको आरोप छ । फोहर व्यवस्थापन हुन नसक्नुमा राजनीतिक दलका कार्यकर्ताको अवरोधलाई बिर्सँदै साम्पाङले निरन्तर शाहमाथि प्रहार गरे । शाहले पनि एकपटक भने जवाफ फर्काए ।

अहिले काठमाडौंको फोहर उठ्ने काम भइरहेको छ । अबको चार दिनमा उठिसक्ने जानकारी महानगरले दिएको छ ।

यद्यपि, साम्पाङ भने काठमाडौंका मेयर शाहलाई निरन्तर खेदिरहेकाे उनले फेसबुकमा पोस्ट गरेका स्टाटसमा देख्न सकिन्छ ।

यसैबीच, आज पनि उनले काठमाडौंलाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘काठमाडौंको फोहर उठाइसके ?’

साम्पाङको यो क्रियाकलापप्रति अधिकांशले सुझाव दिइरहेका छन् । आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषयमा सामाजिक सञ्जालमा धेरै नलेख्न उनीहरूको सुझाव छ ।

बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ