एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन् । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया