नेसपाले गर्यो निर्वाचन परिचालन समिति गठन
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले परिचालन समिति गठन गरेको हो ।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले समितिको सहसंयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठलाई तोकेको छ ।
समितिमा सबै केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेका छन् ।
बैठकले मङ्सिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी अध्यक्ष भट्टराईलाई नै दिएको छ ।
राष्ट्रपतिलाई बाबुरामको प्रश्न : चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाउन खोजेको हो ?
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया