जहाँ क्षयरोगबाट वार्षिक चालीस हजारको ज्यान जान्छ

काठमाडौं (एजेन्सी) । पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको छ । तर केही देशमा अझै पनि क्षयरोग विकराल समस्याका रूपमा छ ।
विश्वका विभिन्न देशहरूमा जस्तै पाकिस्तानमा पनि क्षयरोगको समस्या छ । पाकिस्तानका स्वास्थ्य मन्त्री जाहिद मालेकले सञ्चारमाध्यमलाई बताएअनुसार आजभन्दा १० वर्षअघि क्षयरोगबाट वार्षिक ८० हजारले ज्यान गुमाउँथे । अहिले घटेर ४० हजारमा झरेको छ ।
‘दश वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८०,००० जनाको मृत्यु हुने गर्दथ्यो। यो अहिले ४०,००० मा झरेको छ,’ जाहिद मलेकले बुधबार एक कार्यशालामा उल्लेख गरेका छन् ।
उनका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् ।
क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१.२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताएका छन् ।
‘यसको मतलब क्षयरोगबाट दैनिक १०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हामी कोभिड–१९ भाइरसबाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौं यो पुनर्विचार गर्नुपर्छ।
ुयो अवस्था धेरै चिन्ताजनक छ। मृत्युदर शून्यमा पु¥याउन हाम्रा सबै मन्त्रालयले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
उनले क्षयरोग विश्वभर मृत्युको १३ औं कारण मध्येको एक भएको उल्लेख गरेका छन् ।
‘हामीले बङ्गलादेशमा धेरै रोगहरू नियन्त्रण गरेका छौं। हामीले देशलाई पोलियो, हैजा र झाडापखाला र टिटानसकै कारणबाट हुने मृत्यु रोकेका छौं। हामी क्षयरोग नियन्त्रण गर्न पनि काम गरिरहेका छौं,’ उनले भने ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया