एक महिनामा भित्रिए ८१ करोडभन्दा बढीका विद्युतीय सवारी
काठमाडाैं । चालू आव अर्थात २०७९/८० मा ८१ करोडभन्दा बढी मूल्य बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको छ ।
भन्सार विभागको तथ्यांकअनसार साउनमा ८१ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरको २ हजार ८३६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो । तथ्यांकअनुसार साउनमा अनएसेम्बल तीन पाँग्रे गाडी, कार, जिप, साइकलजस्ता विद्युतीय सवारी नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार नेपालमा साउनमा मात्रै ६२ करोडभन्दा बढीको कार, जीप र भ्यान आयात भएको छ । उक्त अवधिमा नेपालमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँको २११ वटा कार, जीप र भ्यान आयात भएको हो ।
एक महिनामा अनएसेम्बल तीन पाँग्रे बिजुली गाडी ९० लाख १५ हजारको ६४ वटा, तीन पाँग्रे विद्युतीय सवारी ४ करोड ३ लाख ७५ हजारको ४५९ वटा, ४ करोड ५३ लाख २४ हजारको एक हजार १६९ वटा विद्युतीय साइकल र ९ करोड ७ लाख ५१ हजार रुपैयाँको ९०१ वटा बिजुली मोटरसाइकल र स्कुटर आयात भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया