निहारिकालाई मधेस प्रदेश सरकारको ५ लाख आर्थिक सहयोग

काठमाडौं । न्यायका लागि लागी परिरहेकी निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।
राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छन् । राजपुतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सिफारिस गरेका थिए ।
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया