केन्याले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य
काठमाडौं । केन्याविरुद्ध तेस्रो टि–२० क्रिकेट खेलिरहेको नेपालले १५७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर रन १५६ रन बनाएको छ ।
घरेलु टोली केन्याका ब्याटर नेपाली बलरविरुद्ध हाबी भएका थिए । अन्तिम ५ ओभरमा मात्रै केन्याले ७० रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले समान १ विकेट लिए ।
ब्याटिङमा समस्या रहेको नेपाललाई १५७ रनको विशाल लक्ष्य पछ्याउन हम्मे–हम्मे देखिन्छ ।
पाँच टि–२० र तीन एकदिवसीय खेल खेल्न नेपाल यतिबेला केन्या भ्रमणमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया