नग्न फोटोसुट प्रकरण : चौकीमा रणवीरसँग प्रहरीको डेढ घण्टा सोधपुछ
काठमाडौं । नग्न फोटोसुट मामिलाका कारण चर्चामा रहेका बलिउड अभिनेता रणवीर सिंह आज विहानै मुम्बइस्थित चेम्बुर प्रहरी स्टेसन पुगेका छन् । फोटोसुटलाई लिएर विवादमा परेका उनीसँग प्रहरीले डेढ घण्टा सोधपुछ गरेको थियो ।
इन्स्पेक्टर जयकुमार सूर्यवंशीका अनुसार रणवीरलाई प्रहरीले दशवटा प्रश्न सोधेको थियो । यी सबै प्रश्नको जवाफमा उनले आफू पूर्ण रूपमा निर्दोष भएको बताए । उनले केही डकुमेन्ट पनि त्यहाँ पेश गरेका थिए ।
रणवीरले जवाफमा उक्त फोटोसुटका कारण आफू यस्तो समस्यामा पर्नेबारे कल्पनासमेत नगरेको बताएका छन् । आफ्नो उद्देश्य कसैको भावनामा चोट पुर्याउने नभएको पनि उनको स्पष्टिकरण छ । योसँगै थप अनुसन्धानका लागि आफू प्रहरीलाई सहयोग गर्न तयार भएको उनले बताएका छन् ।
रणवीरले गत २२ जुलाईमा एक म्यागजिनको लागि न्यूड तस्विर खिचाएका थिए । तस्विर उनी आफैले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । त्यसपछि उनकाविरूद्ध एक गैर सरकारी संस्थाले चेम्बुर प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
उक्त संस्थाले रणवीरले उक्त तस्विरबाट महिलाको भावनामा ठेस पुर्याएको र उनीहरूको अपमान गरेको जनाएको थियो । ट्वीटर र इन्स्टाग्रामबाट उक्त तस्विर हटाउनुसँगै उनलाई गिरफ्तार गर्नुपर्ने माग थियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया