अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ
सप्तरी । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार रूपैयाँ बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।
पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया