विश्वप्रकाश शर्मा उम्मेदवारमा सर्वसम्मत सिफारिस
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मंसिर ४ को निर्वाचनमा सर्वसम्मत रुपमा सिफारिस भएका छन् । शर्मालाई झापा क्षेत्र नम्बर १ ले प्रतिनिधिसभाको उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
विधान अनुसार पार्टीले परिपत्र गरेर एक महिलासहित दुई जना उम्मेदवारमा प्रस्ताव गर्न भनिए पनि झापा १ बाट शर्मामात्र सिफारिसमा परेका हुन् ।
के थियो अघिल्लो समीकरण ?
२०७४ सालमा विश्वप्रकाश शर्मा माओवादीका राम कार्कीसँग २८६३ मतान्तरले पराजित भएका थिए । कार्कीले ३६१७३ मत ल्याउँदा शर्माले ३३३१० मत ल्याएका थिए ।
यसपटक सत्तारुढ दल मिलेर चुनाव लड्दैछन् । यसरी चुनाव लड्दा अघिल्लोपटक जितेको दललाई नै सिट छोड्ने सत्तारुढ दलबीच सहमति भएको छ । यस्तो सहमतिकाबीच शर्माको नाम झापा १ बाटै सिफारिस भएको हो । शर्मा अहिलेसम्म सांसदमा चुनिन सकेका छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया