१० सहसचिवको सरूवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बसन्त अधिकारीसहित १० सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयमा कार्यरत अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । त्यहाँ कार्यरत लोकनाथ पौडेल मन्त्रालयमा तानिएका छन् ।
त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयमा कार्यरत गोगनकुमार हमालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै पर्यटनका टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यसैगरी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमा सुरुवा भएको छ । रोशनी श्रेष्ठ गृहमन्त्रालय र शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया