NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नवीन्द्रराज जोशी पत्नी सपनाले चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशीले आफू इच्छुक भएको निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न निवेदन दिएकी छिन् । क्षेत्रीय कार्यसमितिले माग गरे अनुसार उनले काठमाडौं क्षेत्र नम्बर ८ बाट निवेदन दिएकी हुन् ।

उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियोे । यस क्षेत्रबाट नेता राजुराज जोशीले पनि उम्मेदवार बन्न पार्टीमा आवेदन बुझाएका छन्।

जोशी गत सम्पन्न १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन् । नेता नविन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनु अघि उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन् ।

नवीन्द्र यहीँ क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले पराजित भएका थिए ।

काठमाडौं भित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नेताको रुपमा नवीन्द्र परिचित छन् ।

निधनपछि नवीन्द्रले सुरुवात गरेको घरदैलो कार्यक्रममा निरन्तर सहभागी भइ उनको सपना साकार गर्न भन्दै पत्नी जोशी पनि सक्रिय हुँदै आएकी छिन् ।