काठमाडौं–४ को उम्मेदवारमा गगन थापा सर्वसम्मत सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारमा सिफारिस भएका छन् ।
यसअघि कास्की क्षेत्र नं. १ मा उम्मेदवार सिफारिस भएका थापा काठमाडौं–४ मा सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् ।
शुक्रबार साँझ बसेको बैठकले थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
थापा गत प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
गत मंसिर ४ का लागि तय प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसमा धमाधम उम्मेदवार सिफारिस भइरहेका छन् ।


प्रतिक्रिया