नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
काठमाडौं । नेपालले एक खेल अगावै केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
भर्खरै सम्पन्न दोस्रो एकदिवसीय खेलमा केन्यालाई १७ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।
घरेलु टोली केन्याविरुद्धको शुक्रबार भएको पहिलो एकदिवसीय खेल नेपालले ७ विकेटले जितेको थियो ।
केन्याको नैरोवीमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेल्दै ७८ रन बनाए ।
यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान दिएका थिए ।
जवाफी ब्याटिङमा आएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले समान १ विकेट लिए ।
नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले नेपालको कप्तानी गरेका थिए ।
नेपालले टि२० सिरिज पनि जितिसकेको छ ।

ताजा अपडेट
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो


प्रतिक्रिया