नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज

काठमाडौं । नेपालले एक खेल अगावै केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
भर्खरै सम्पन्न दोस्रो एकदिवसीय खेलमा केन्यालाई १७ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।
घरेलु टोली केन्याविरुद्धको शुक्रबार भएको पहिलो एकदिवसीय खेल नेपालले ७ विकेटले जितेको थियो ।
केन्याको नैरोवीमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेल्दै ७८ रन बनाए ।
यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान दिएका थिए ।
जवाफी ब्याटिङमा आएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले समान १ विकेट लिए ।
नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले नेपालको कप्तानी गरेका थिए ।
नेपालले टि२० सिरिज पनि जितिसकेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया