नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर
काठमाडाैं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।
विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७० रूपैयाँ, आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ रूपैयाँ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ बराबरको बिगो गरेको पाइएको छ ।
विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार ६ सय ७६ रूपैयाँ बराबरको सजायको माग गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया