भेट्टाएको तीन लाख फिर्ता
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।
झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया