पाकिस्तानले भारतसँग बदला लियो
काठमाडौं । एसिया कप टि–२० क्रिकेटमा पाकिस्तानले भारतसँग बदला लिएको छ ।
युएईमा जारी प्रतियोगिताअन्तर्गत गएरातिको सुपर चारको खेलमा पाकिस्तानले भारतलाई हराएर समूह चरणमा भोगेको पराजयको बदला लिएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।
समूह ‘ए’को खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले नै पराजित गरेको थियो । यस जितसँगै पाकिस्तानले फाइनलमा पुग्ने सम्भावना बजबुत बनाएको छ । पराजयले भारत भने दबाबमा परेको छ ।
भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर पाँच बलमा पाँचै विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले भने मोहमद नवाजले ४२ रनको योगदान दिए ।
भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन पर्याप्त भएन ।
जितसँगै पाकिस्तानले सुपर चारमा दुई अंक जोडेको छ । सुपर चारको शीर्ष स्थानमा श्रीलंका छन् । समान अंक भए पनि नेट रनरेटका आधारमा श्रीलंका पाकिस्तानभन्दा अगाडि छ ।
भारत तेस्रोमा छ भने अफगानिस्तान पुछारमा छ । शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । यसका लागि अझै दुई–दुई खेल खेल्न बाँकी छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया