मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा थुनामा पुगेका सुरक्षागार्डसँग भेटेपछि के भने रवि लामिछानेले ?

काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा प्रहरीको थुनामा पुगेका सुरक्षाकर्मी शेरजंग गुरुङलाई स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेका छन् । उनलाई भेटन् लामिछाने प्रहरी हिरासतमा नै पुगेका हुन् ।
उनलाई भेटेर रविले धन्यवाद दिएको र कानुन सबैलाई बराबरी हुने बताएका छन् । गुरुङले आफूले दुव्यर्वहार नगरेको बताएको भन्दै रविले यस्तो हो भने दण्डित होइन सुरक्षाकर्मीलाई पुरस्कृत गर्नुपर्ने बताएका हुन् ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ – गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’
उनको दाबी सही हो भने सम्मान रिहाई गर्न पनि रविले माग गरेका छन् । बरु नियम नमानेकोमा मन्त्रीमाथि अनुसन्धान गर्न रविले माग गरेका छन् ।
‘यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’
गत शुक्रबार छाया सेन्टरको भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठले लाइटमा बस्न गरेको अटेरीमा सुरक्षाकर्मीले आफ्नो डिउटी पूरा गरेका थिए । तर मन्त्रीले आफूलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी लगाएर पक्राउ गराएका हुन् । उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैंका सिडिअाेले अनुमति दिएका छन् ।
सिसिटिभी फुटेज हेर्दा कुरो पत्ता लाग्थ्यो कि?