NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

रामकुमारीलाई योगेशको अभाव !

काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आफूलाई योगेश भट्टराईको अभाव महशुस भएको बताएकी छिन् ।

एमाले सचिव भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा झाक्रीले लेखेकी छिन्, ‘आफैँले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महशुुस हुने रहेछ दाइ !’

गत ०७८ भदौमा एमाले विभाजन हुँदा अलग–अलग बाटोमा लागेका भए पनि भट्टराई र झाक्रीको सम्बन्ध अझै पनि राम्रै रहेको बताइन्छ । झाक्रीको पछिल्लो अभिव्यक्तिले पनि यसको पुष्टि गरेको छ ।

०५४ मा एमाले विभाजित भएर माले बन्दा झाक्री भट्टराईसँगै मालेतिर लागेकी थिइन् । ०६५ मा भएको अनेरास्ववियूको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा भट्टराईको महत्वपूर्ण सहयोग रहेको थियो ।

त्यसयता पनि झाक्रीले भट्टराईलाई अभिवाभक मान्दै आएको बताउँदै आएकी छिन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गरेको विषयमा झाक्री पक्राउ पर्दा भने भट्टराईले जमानत बस्न अस्वीकार गरेका थिए ।

मन्त्रीबाट हट्नुपरेपछि झाक्री एमालेप्रति नरम हुँदै आएकी छिन् । उनी पुरानै पार्टीमा फर्कन सक्ने पनि कतिपयले आकलन गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष