बलात्कार प्रकरणमा सन्दीपबारे किशोरीले दिएको बयानमा के छ ?

काठमाडौं । १७ वर्षीया किशोरीले आफूमाथि क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् ।
ती किशोरीले प्रशंसकको रुपमा लामिछानेसँग स्न्याप च्याटमा कुराकानी हुने गरेको बताएकी छिन् । यही चिनजानका आधारमा सन्दीपले भदौ ५ गते नगरकोट घुम्न जान प्रस्ताव गरेको बताएकी छिन् । नगरकोटमा सन्दीपले आफूमाथि जबरजस्ती नगरेको तर साँझ काठमाडौं फर्किएपछि गौशालाको एक होटलको ३०५ नम्बर कोठामा राति पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।
बानेश्वरबाट सन्दीपले कारमा आफूलाई नगरकोट पुर्याएको ती किशोरीको भनाई छ । नगरकोटबाट फर्किंदा मध्यरात भएको र राति गौशालाको होटलमा सन्दीपले आफूमाथि पटकपटक बलात्कार भएको दाबी गरेकी छिन् । आफू बस्ने होस्टल ८ बजेपछि बन्द हुने बताए पनि सन्दीपले ढिलो गर्दै अबेर गरी होटल पुर्याएको दाबी किशोरीको छ । आफूले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानी एउटै कोठा लिएको र आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।
प्रहरीले ती किशोरीले दिएको जाहेरीबारे पनि जानकारी गराएको छ । ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३ः५५ बजे का।जि।का।म।न।पा। ९ स्थित एक होटलको कोठा नं। ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
किशोरीको जाहेरी दर्ता पछि एकद्वार संकट व्यवस्थापन केन्द्र उनको स्वास्थ्य परीक्षण गरेको प्रहरीको भनाई छ । जाहेरीपछि प्रहरीले सन्दीप डुलेको क्षेत्र, बसेको होटलको सिसिटिभी फुटेज संकलनको काम गरिरहेको जनाएको छ ।
जाहेरीमाथि तथ्य प्रमाण पुर्याएर आवश्यक प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ । साथै क्रिकेट संघ क्यानले पनि सन्दीपमाथि गम्भीर प्रश्न उठेको भन्दै प्रहरीलाई अनुसन्धानमा सघाउने जनाएको छ ।
प्रहरीको काठमाडौं परिसर र गौशाला वृत्तले जाहेरीपछि संयुक्त रुपमा छानविन गर्ने पनि जनाएका छन् । ५ भदौको त्यो घटनाको भोलिपल्टै सन्दीप पनि भदौ ६ गते केन्याविरुद्धको टी २० सिरिज खेल्न नैरोबी प्रस्थान गरेका थिए । नैरोबीमा नेपालले ५ खेलको सिरिज ३–२ ले जितेको थियो । यी खेलको कप्तानी सन्दीपले नै गरेका थिए । तर तीन खेलको एकदिवसीय सिरिजमा नखेली उनी क्यारेबियन लिग खेल्न पुगेका छन् । सन्दीप उता लागेपछि रोहित पौडेलको कप्तानीमा नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज ३–० ले जितेको थियो ।
जबरजस्ती करणी पुष्टि भए क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्म जेल सजाय
ताजा अपडेट
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
-
एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिक्रिया