नेपाल प्रहरीमा २९ सय जोडी !
काठमाडौं । नेपाल प्रहरीमा २९ सय जोडी रहेको पाइएको छ । जोडी प्रहरीको संख्या बढिरहँदा उनीहरूलाई सँगै खटाउन समस्या भएको छ ।
हाल करिब एक हजार एक सय जोडीले एउटै क्षेत्रमा खटाइदिन माग गरी निवेदन दिएका छनत् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, हाल नेपाल प्रहरीमा दुई हजार नौ सय ७२ जोडी कार्यरत छन् । श्रीमान्–श्रीमतीलाई सँगै खटाउने प्रहरी नीति छ । तर धेरैले राजधानी र सुगममै रोज्ने भएकाले सबैलाई मागअनुसार प्रधान कार्यालयले सरुवा मिलाउन सकेको छैन । त्यसकारण धेरैजसो जोडी प्रहरी फरक फरक जिल्लामा काम गर्न बाध्य छन् ।
प्रहरीले हालै प्रहरी जोडीलाई सम्भव भएसँगै एकै ठाउँमा सरुवा गर्ने भन्दै त्यसका लागि परिपत्र गरेको थियो । जसमा करिब एक हजार एक सय जोडीले निवेदन दिएका छन् । तर निवेदन केलाउँदा धेरैले सुगम नै बस्न चाहेको र दरबन्दी मिलाउन गाह्रो भएपछि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई प्रहरीमा श्रीमान् श्रीमती दुवै प्रहरी संगठनमा भएको अवस्थामा सकेसम्म एउटै कार्यालयमा खटाउने संगठनको नीति भएको बताउँछन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया