नेपाल प्रहरीमा २९ सय जोडी !

काठमाडौं । नेपाल प्रहरीमा २९ सय जोडी रहेको पाइएको छ । जोडी प्रहरीको संख्या बढिरहँदा उनीहरूलाई सँगै खटाउन समस्या भएको छ ।
हाल करिब एक हजार एक सय जोडीले एउटै क्षेत्रमा खटाइदिन माग गरी निवेदन दिएका छनत् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, हाल नेपाल प्रहरीमा दुई हजार नौ सय ७२ जोडी कार्यरत छन् । श्रीमान्–श्रीमतीलाई सँगै खटाउने प्रहरी नीति छ । तर धेरैले राजधानी र सुगममै रोज्ने भएकाले सबैलाई मागअनुसार प्रधान कार्यालयले सरुवा मिलाउन सकेको छैन । त्यसकारण धेरैजसो जोडी प्रहरी फरक फरक जिल्लामा काम गर्न बाध्य छन् ।
प्रहरीले हालै प्रहरी जोडीलाई सम्भव भएसँगै एकै ठाउँमा सरुवा गर्ने भन्दै त्यसका लागि परिपत्र गरेको थियो । जसमा करिब एक हजार एक सय जोडीले निवेदन दिएका छन् । तर निवेदन केलाउँदा धेरैले सुगम नै बस्न चाहेको र दरबन्दी मिलाउन गाह्रो भएपछि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई प्रहरीमा श्रीमान् श्रीमती दुवै प्रहरी संगठनमा भएको अवस्थामा सकेसम्म एउटै कार्यालयमा खटाउने संगठनको नीति भएको बताउँछन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया