निहारिका प्रकरण : डिएनए परीक्षण गर्न अदालत हाजिर भए शिवराज
काठमाडौं । कुमारी आमा निहारिका राजपुतले आफ्नो बच्चाको बाबु दाबी गरेका शिवराज श्रेष्ठ डिएनए परीक्षणका लागि उच्च अदालतमा हाजिर भएका छन् । उनी आज अदालतमा हाजिर भएको अदालतनिकट स्रोतले जनाएको छ ।
निहारिकाको मागबमोजिम केही दिनअघिमात्र अदालतले शिवराज र बच्चाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।
शिवराजले बलात्कार गरेपछि आफ्नो छोरा जन्मिएको निहारिकाले दाबी गर्दै आएकी छिन् । तर, अदालतले भने शिवराजलाई यसअघि नै सफाइ दिइसकेको थियो ।
तर, निहारिका न्यायका लागि भन्दै अनसन बस्दै आएकी छिन् । शिवराजले आफ्नो बच्चा भएको अस्वीकार गर्दै आएपछि निहारिकाले डिएनए परीक्षणको माग गरेकी हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया