च्याम्पियन्स लिगको जारी सिजनमा को छ सर्वाधिक गोलकर्ता ?
काठमाडौं । क्लब फुटबलमा सर्वाधिक प्रतिष्ठित मानिने युरोपियन च्याम्पियन्स लिगमा सबै ३२ वटा टोलीले एक-एक खेल खेलिसकेका छन् । यसबीचमा केही अप्रत्यासित नतिजासमेत आए ।
इंग्लिस महारथीहरू चेल्सी, लिभरपुल तथा इटालियन क्लब युभेन्टस पराजित भए ।
पहिलो चरणका खेल सकिँदा एक खेलाडीले ह्याट्रिक गरे । उनी हुन् यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना गएका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की ।
उनले चेक क्लब भिक्टोरिया प्याजनविरुद्ध ह्याट्रिक गरेका हुन् । लेवान्डोस्की जारी च्याम्यियन्स लिगमा सर्वाधिक गोलकर्ता रहेका छन् । उनको नाममा तीन गोल छ ।
यस्तै, दुई गोल गर्ने खेलाडी पाँचजना छन् । जसमा युक्रेनी क्लब शाख्तर डोनेस्कका युक्रेनकै खेलाडी मारियन साभेद, इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेली स्ट्राइकर अर्लिङ हालाण्ड, इटालियन क्लब नापोलीका पोलिस खेलाडी पिओट्र जिलिन्स्की छन् ।
यसैगरी, फ्रेन्च क्लब पिएसजीका केलियन एम्बाप्पे र टोटनहम हटस्परका ब्राजिलियन फरवार्ड रिचार्लिसनको नामा पनि समान दुई गोल छ । एम्बाप्पे फ्रेन्च खेलाडी हुन् ।
यी हुन् गएरातिको च्याम्यियन्स लिगका ८ खेलमा भएका ३ अप्रत्यासित नतिजा
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया