घोषणापत्रमा तत्काल गर्न सकिने विषय लेखौं, सपना १५ वर्षको कोरौं
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा पाँच वर्षमा गर्न सकिने विषयमात्रै उल्लेख गर्नुपर्ने बताएका छन् । घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका शर्माले समग्रमा भने १५ वर्षको सपना कोर्नुपर्ने पनि बताएका छन् ।
‘५ बर्षमा जे गर्न सकिन्छ, त्यो सोचौं,त्यही लेखौं, अनि एक भएर त्यो पूरा गरौं । तर समग्रमा नेपालको १५ वर्षको सपना कोरौं । (आज भदौ २४ वीपीप्रती श्रद्धा सुमन)’ शर्माले सामाजिक संजालमा लेखेका छन्, ‘रुद्राक्षको वृक्ष यति अग्लो भएको छ । महामन्त्री पदको उम्मेदवारी घोषणा गरेर पोहोर आजकै दिन सुन्दरीजलमा मैले जो रोपेको थिएँ ।’
शर्मालाई देउवाले गत बुधबार मात्रै ४ मंसिरमा तोकिएको घोषणापत्र तयारी समितिको संयोजक बनाएका छन् ।
साथै उनले घोषणापत्रमा सस्तो लोकप्रियतालाई स्थान नदिने पनि बताएका छन् ।
‘कांग्रेसले घोषणापत्रमा सस्तो लोकप्रियता छर्ने भ्रम गर्दैछ । हामी यसलाई स्थान दिनेछैनौं । हाम्रो घोषणापत्र जिम्मेवार सोच एवं भरोसा गर्न खालको हुनेछ । हामी यही संकल्प गर्छौ’ शर्माले सुन्दरीजलमा बिपीको १०९ औं जन्मजयन्तीको अवसरमा शर्माले भने, ‘घोषणापत्रमा नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना समेट्छौं ।’
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया