NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

त्रिचन्द्र क्याम्पस अशान्त, राष्ट्रपतिको पुत्ला जलाइयो

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अड्काएर राखेको भन्दै नेविसंघले आइतबार बिहान त्रिचन्द्र क्याम्पसअगाडि पुत्ला दहन गरेका हुन् ।

प्रहरीले राष्ट्रपतिको पुत्ला दहन गर्न नदिन प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीलाई समेत ढुंगामुढा गरे । साथै उनीहरूले छिटोभन्दा छिटो नागरिकता विधेयक प्रमाणीकरण गर्न पनि राष्ट्रपतिलाई आग्रह गरे । नेविसंघको उग्र प्रदर्शनले त्रिचन्द्र क्याम्पस केहीबेर तनावग्रस्त बनेको थियो ।

राष्ट्रपतिले पहिलोपटक त्रुटि भएको भन्दै त्यस्ता विषय किटान गरेर आफूकहाँ आएको नागरिकता विधेयक फिर्ता गरिदिएकी थिइन् । तर दोस्रोपटक राष्ट्रपतिले औंल्याएका कमजोरीमा कुनै संशोधन नगरी पुनः प्रमाणीकरणका लागि पठाइएको छ । संविधानतः राष्ट्रपतिले दोस्रोपटक प्रमाणीकरणका लागि आएको विधेयक फिर्ता गर्न मिल्दैन । तर उनले अहिलेसम्म उक्त विधेयक प्रमाणीकरण गरेकी छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष