उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
काठमाडाैं । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्यांकर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।
हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।
राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया