सिन्धुली कांग्रेस सभापतिमा संस्थापन पहिलो चरणमा दोस्रो पनि नभएपछि रोचक प्रतिस्पर्धा
काठमाडौं । कांग्रेस सिन्धुली सभापतिको लागि पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि फेरि आज चुनाव भएको छ ।
पहिलो चरणमा संस्थापन इतरबाट उज्ज्वलप्रसाद बराल र उपेन्द्रकुमार पोखरेल प्रतिस्पर्धामा थिए । संस्थापनबाट प्रेमचन्द्र दाहालले प्रतिस्पर्धा गरेका थिए । संस्थापन इतरका पोखरेलले ४८३ र बरालले ४२७ मत ल्याए । संस्थापन पक्षका दाहालले ३६१ मत मात्रै ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका खड्गबहादुर वाइवाले १०१ मत ल्याएका थिए ।
कुनै उम्मेदवारले पनि बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने पोखरेल र बरालबीच आज फेरि प्रतिस्पर्धा भएको हो । आज चार बजेसम्म मतदानको समय तोकिएको छ ।
दोस्रो चरणमा संस्थापन पक्षका उम्मेदवार प्रतिस्पर्धामा नदेखिएपछि संस्थापनले जसलाई सहयोग गर्छ उसैले सभापति जित्ने देखिएको हो । यसैले एकै गुटका उम्मेदवारबीच संस्थापनका नेता निर्णायक देखिएका हुन् । बराल सिन्धुलीका निवर्तमान सभापति हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया