विहे गर्दै कमल र मेलिना

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिने भएका छन् । इन्गेज्मेन्टका तस्बिर सामाजिक सञ्जालमा राख्दै मेलिना स्वयम्ले यसको जानकारी दिएकी हुन् ।
‘जीवनको नयाँ यात्राको सुरुवात हजुरसँग हुनु नै मेरो जीवनकै सबैभन्दा सुखद पक्ष हो । जीवनभर होस् हजुरको माया अनि परिवारको साथ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको हरेक उतारचढावमा सदैब एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाजअनुसार इन्गेज्मेन्ट गरेका छौ ।’
कमल स्थापित गायक हुन् भने मेलिना उदीयमान गायिका हुन् । यी दुवै केही समयअघिदेखि प्रेम सम्बन्धमा थिए ।
विहे कहिले गर्ने भनेर चाहिँ मेलिनाले खुलाएकी छैनन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया