एसिया कप जितेर श्रीलंकाले कति पुरस्कार पायो ?
काठमाडौं । युएई गएराति एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको श्रीलंकाले ट्रफीसहित एक लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ । यो करिब १ करोड ९१ लाख नेपाली रूपैयाँ बराबर हो ।
यस्तै, उपविजेता बनेको पाकिस्तानले भने ७५ हजार डलर अर्थात करिब ९५ लाख ३६ हजार रूपैयाँ पुरस्कारमा चित्त बुझाएको छ ।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका श्रीलंकाका वानिन्दू हसरंगाले १५ हजार डलर अर्थात १९ लाख ७ हजार प्राप्त गरे ।
यस्तै, फाइनलका उत्कृष्ट भएका श्रीलंकाकै भानुका राजापाक्षले ५ हजार डलर अर्थात करिब ६ लाख ३६ हजार रूपैयाँ प्राप्त गरे ।
श्रीलंकाले फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै छैठौं उपाधि जितेको हो ।
पछिल्लो समय श्रीलंकाको अर्थतन्त्र डामाडोल भएको छ । खेलाडीहरूले एसिया कप जितेर देशको दुःखमा केही मल्हम लगाएको विश्लेषण गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया