किशाेरीको बलात्कारपछि हत्या गर्नेलाई ३६ वर्ष कैद

ताप्लेजुङ । ताप्लेजुङमा करणीपछि किशोरीको हत्या गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतले पाँच महिना अघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसुरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई उक्त सजाय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष र करणी कसुरमा ११ वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई रु तीन लाख क्षतिपूर्ति भराउन आदेश भएको छ । कार्कीले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङमा डेरा गरी बस्ने १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको गत असोज ८ गते करणीपछि हत्या गरेको अदालतले ठह¥याएको छ ।
भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ की छात्रा लिम्बूलाई फुङ्लिङ नगरपालिका–७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा पु¥याएर सुरुमा जबरजस्ती करणी गरी भीरमा धकेली हत्या गरेको कसुरमा कार्कीविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।
आफूहरुबीच आठ÷नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत रहेको र विवाहको प्रसङ्गमा विवाद भएपछि सुरुमा करणी गरेको र त्यसपछि भीरमा धकेलेर लडाएको साथै विषसमेत खुवाएर हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् ।
घटनाको दुई दिनपछि किशोरीको शव निगाले भीरमा फेला परेको थियो । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा घटनाको तीन दिनपछि कार्कीलाई पक्राउ गरिएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया