किशाेरीको बलात्कारपछि हत्या गर्नेलाई ३६ वर्ष कैद
ताप्लेजुङ । ताप्लेजुङमा करणीपछि किशोरीको हत्या गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतले पाँच महिना अघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसुरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई उक्त सजाय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष र करणी कसुरमा ११ वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई रु तीन लाख क्षतिपूर्ति भराउन आदेश भएको छ । कार्कीले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङमा डेरा गरी बस्ने १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको गत असोज ८ गते करणीपछि हत्या गरेको अदालतले ठह¥याएको छ ।
भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ की छात्रा लिम्बूलाई फुङ्लिङ नगरपालिका–७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा पु¥याएर सुरुमा जबरजस्ती करणी गरी भीरमा धकेली हत्या गरेको कसुरमा कार्कीविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।
आफूहरुबीच आठ÷नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत रहेको र विवाहको प्रसङ्गमा विवाद भएपछि सुरुमा करणी गरेको र त्यसपछि भीरमा धकेलेर लडाएको साथै विषसमेत खुवाएर हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् ।
घटनाको दुई दिनपछि किशोरीको शव निगाले भीरमा फेला परेको थियो । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा घटनाको तीन दिनपछि कार्कीलाई पक्राउ गरिएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया