सुनको मूल्य ३०० रूपैयाँले घट्यो
काठमाडौं । बुधबार तोलामा ७०० रुपैयाँले घटेको सुन बिहीबार पनि पुन: ३०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा ९२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ ।
बुधबार सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी तोलामा ११ सय ७५ रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया